अस्ट्रेलियाले ३८ अर्ब अमेरिकी डलर जुवामा गुमायो, गोप्य र फोहोरी खेलबाट ८० करोड राजश्व संकलन

<p>अस्ट्रेलिया, १७ साउन । सदा विजयी रहने आशय वा बेलायती पूर्वसाम्राज्ञी भिक्टोरियाका देशबासी भन्ने तात्पर्यसहितको नामाकरण गरिएको भिक्टोरियन भनी परिचित अस्ट्रेलिया जनताले बिद्युतीय यन्त्र परिचालित स्लट मेसिनमा जुवा खेली अरबौँ डलर गुमाउँछन् भन्ने कसले सोचेको हुन्छ ? तर यथार्थ प्रतिवेदन हालै प्रकाशित भएका छन् । गत २४ वर्षअघि मुलुकमा भित्रिइ जुवाडेहरुका माझ लोकप्रिय हुँदै आएको [&hellip;]</p>

अस्ट्रेलिया, १७ साउन । सदा विजयी रहने आशय वा बेलायती पूर्वसाम्राज्ञी भिक्टोरियाका देशबासी भन्ने तात्पर्यसहितको नामाकरण गरिएको भिक्टोरियन भनी परिचित अस्ट्रेलिया जनताले बिद्युतीय यन्त्र परिचालित स्लट मेसिनमा जुवा खेली अरबौँ डलर गुमाउँछन् भन्ने कसले सोचेको हुन्छ ? तर यथार्थ प्रतिवेदन हालै प्रकाशित भएका छन् ।

गुगल फोटो

गुगल फोटो

गत २४ वर्षअघि मुलुकमा भित्रिइ जुवाडेहरुका माझ लोकप्रिय हुँदै आएको यस स्लट मेसिनमा जुवा खेल्दाखेल्दै अस्ट्रेलियालीले ३८ अर्ब  अमेरिकी डलरभन्दा बढी धनराशी हारिसकेका बल्ल पत्तो लागेकोे छ ।

हालै एउटा अनुसन्धान प्रतिवेदन स्थानीय सञ्चार माध्यममा प्रकाशनमा आएपछि स्लट मेसिन (स्थानीय जनजिब्रोमा पोकिज् भनिने) जस्ता सबैथरी बिद्युतीय द्युतक्रिडा यन्त्र नष्टपारी कडा प्रतिबन्ध लगाउनुपर्ने सार्वजनिक रुपमा आवाज उठेको छ ।

लेबर पार्टीका वर्तमान प्रधानमन्त्री डेनियल एन्ड्रयुजले जनतालाई जुवा खेलाई ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्लट मेसिन करको नामबाट लुटेर ‘गोप्य र फोहोरी खेल’मा लिप्त भएको भन्ने आरोप सरकारका बिपक्षी दल तथा सो मेसिनका कडा विरोधी खेमाले लगाएका छन् ।
‘एन्ड्रयुज सरकारलाई पदच्युत गर्ने ठीक समय यही हो’ अलायन्स फर ग्याम्ब्लिङ्ग रिफर्म नामक संस्थाका टिम कोस्टेलोले एक सञ्चार माध्यम न्युज लिमिटेडलाई बताएका छन्। एजेन्सी

Share News