नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, लगानीकर्ताको आकर्षणमा हाइड्रो

<p>काठमाडौं । मंगलबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । बजारमा परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ भने कारोबार रकममा करिब साढे १ अर्ब रुपैयाँको सुधार देखिएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनमा ०.६७ प्रतिशतले बढी हो । [&hellip;]</p>

काठमाडौं । मंगलबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । बजारमा परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ भने कारोबार रकममा करिब साढे १ अर्ब रुपैयाँको सुधार देखिएको हो ।

सेयर मूल्य मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनमा ०.६७ प्रतिशतले बढी हो ।
त्यस्तै, अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ४२ करोड रुपैयाँले बढेको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

उच्च कारोबार गर्नेको अग्रस्थानमा अधिकांश हाइड्रो कम्पनीहरु रहेका छन् । बढी कोरोबार गर्नेको शीर्ष ५ स्थानमा क्रमशः नेशनल हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् । जसमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको ३९ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ४१७.१० रुपैयाँमा भएको छ ।

त्यस्तै, दुई कम्पनीको सेयर मूल्यमा लगातार सर्किट लागिरहेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १७८१.१० र ६७८ रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी सेयर मूल्य घट्नेको अग्रस्थानमा लघुवित्त कम्पनीहरु रहेका छन् । जसमा नेरुडे लघुवित्त विकास बैंकको सेयर मूल्य ३.१७ प्रतिशत अर्थात ४० रुपैयाँले घटेर प्रतिकित्ता १२२० रुपैयाँमा झरेको छ ।

मंगलबार चार समूह बाहेक बाँकी समूह उकालो लागेका छन् । हाइड्रोपावर समूह सबैभन्दा बढी १०९.९४ अंकले बढेको छ ।

सरकारले चुनावको मिति घोषणा गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको जानकारहरु बताउँछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते चुनावको घोषणा गरेका हुन् ।

Share News