जानकी फाइनान्ससँगै दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । जानकी फाइनान्स, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जानकी फाइनान्सको १५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ६७७.१० रुपैयाँलाई आधार मानिएको संस्थाको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ५८८.७८ रुपैयाँ कायम भएको छ [&hellip;]</p>

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । जानकी फाइनान्स, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

जानकी फाइनान्सको १५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ६७७.१० रुपैयाँलाई आधार मानिएको संस्थाको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ५८८.७८ रुपैयाँ कायम भएको छ ।

ज्योति लाइफको १० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । समायोजन पछि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनसको लागि सेयर मूल्य समायोजन भएको हो । प्रतिकित्ता २३३२ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १९४३.३३ रुपैयाँ कायम भएको छ ।

Share News