एकाएक निफ्रामा देखियो चमक, एकैदिन चार शीर्षकमा अग्रस्थानमा

<p>काठमाडौं । सोमबारको बजारमा एकाएक नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा) मा चमक देखिएको छ । दोश्रो बजारमा लगानीकर्ताहरु एकाएक निफ्राको सेयरमा आकर्षित भएका छन् । लगानीकर्ताहरु आकर्षित भएसँगै एकैदिन ४ शीर्षकमा निफ्रा अग्रस्थानमा देखिएको छ । कारोबार रकम, कारोबार कित्ता, कारोबार संख्या र टप गेनरको शीर्ष स्थानमा निफ्रा रहेको छ । सर्वाधिक कारोबार भएको कम्पनीको एकैदिन [&hellip;]</p>

काठमाडौं । सोमबारको बजारमा एकाएक नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा) मा चमक देखिएको छ । दोश्रो बजारमा लगानीकर्ताहरु एकाएक निफ्राको सेयरमा आकर्षित भएका छन् ।

लगानीकर्ताहरु आकर्षित भएसँगै एकैदिन ४ शीर्षकमा निफ्रा अग्रस्थानमा देखिएको छ । कारोबार रकम, कारोबार कित्ता, कारोबार संख्या र टप गेनरको शीर्ष स्थानमा निफ्रा रहेको छ ।

सर्वाधिक कारोबार भएको कम्पनीको एकैदिन ४९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको १२ लाख २७ हजार २७५ कित्ता सेयर ८ हजार ५१० पटकमा किनबेच भएको हो । जुन अन्य कम्पनीको तुलनामा बढी हो । त्यस्तै, कम्पनीको सेयर मूल्य ८.४२ प्रतिशतले बढेर प्रतिकित्ता ४१२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३२ रुपैयाँले बढी हो ।

समग्रमा सोमबारको बजारमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा भने घटी हो । २२४ वटा स्क्रिप्सको कारोबार भएको सोमबारको बजारमा ९५ लाख १२ हजार ५८० कित्ता सेयर किनबेच भएको छ ।

बजारमा कारोबार रकम घटेपछि नेप्से परिसूचकमा भने सुधार देखिएको छ । आइतबार घटेको परिसूचक सोमबार १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको छ । जुन ०.५५ प्रतिशतले बढी हो ।

त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोको सेयर मूल्य भने ४.५७ प्रतिशतले घटेर प्रतिकित्ता ६६८ रुपैयाँमा झरेको छ । सेयर मूल्य घटेका कम्पनीमध्ये अन्य कम्पनीको सेयर मूल्य पौने ४ प्रतिशतले भन्दा कमले घटेको छ ।

बजारमा बैंकिङ, होटल एण्ड टुरिजम र माइक्रोफाइनान्स समूह ओरालो लागेका छन् भने बाँकी समूह बढेका छन् ।

Share News