काठमाडाैं । रावा इनर्जी डेभलपमेन्टले सर्वसाधारणकाे लागि सेयर निश्कासन गर्ने भएकाे छ । कम्पनीले यसकाे लागि निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेकाे छ ।
सो नियुक्ति सम्बन्धी सम्झौतामा बुधबार रावा इनर्जी डेभलपमेन्टका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
कम्पनीले हाल कायम जारी पूँजी २० करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. २ करोड रकम बराबरको २ लाख कित्ता तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।