सात घण्टामै ६ लाख बढीले भरे इमर्जिङ्ग नेपालको आईपीओ

<p>काठमाडौं । इमर्जिङ्ग नेपालले आईपीओ जारी गरेको पहिलो दिनमै ६ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ (सिडिएसी) का अनुसार माघ २६ गते साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २१७ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका हुन् । उनीहरुले माघ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममा ७४ करोड ४७ लाख ३२ [&hellip;]</p>

काठमाडौं । इमर्जिङ्ग नेपालले आईपीओ जारी गरेको पहिलो दिनमै ६ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ (सिडिएसी) का अनुसार माघ २६ गते साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २१७ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका हुन् ।

उनीहरुले माघ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममा ७४ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको ७४ लाख ४७ हजार ३२० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन संस्थाले माग गरेकोभन्दा १४.४१ गुणा बढी आवेदन हो ।

संस्थाले सर्वसाधारणमा ५ लाख १६ हजार ७०८ कित्ता सेयर माग गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । हाल जारी गरिरहेको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।

संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । आईपीओमा आवेदन दिनेले सि-आस्वा प्रणालीबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था अर्थात मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्ताभन्दा बढी अर्थात एक हजार कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

सम्बन्धित सामाग्री

आईपीओबाट साढे ५ करोड उठाउँदै इमर्जिङ्ग नेपाल, निफ्राबाट मात्रै कम्तीमा ८% लाभांश पाउने

 

Share News