काठमाडौं । आइतबार सेयर बजार खुलेको डेढ घण्टामै नेप्से परिसूचक ८७.०४ प्रतिशतले बढेको छ । दिउँसो १२ बजेर २८ मिनेट जाँदा परिसूचक ३.११ प्रतिशतले घटेर २७१४.५३ बिन्दुमा झरेको छ ।
यो अवधिसम्म २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । २१९ वटा स्क्रिप्ट कारोबारमा आएको बजारमा ५० लाख ४८ हजार कित्ता सेयर किनबेच भइसकेको छ । सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । हाइड्रोको १६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।
यो समाचार तयार पार्दासम्म टप गेनरमा दुई म्युचुअल फण्ड रहेका छन् । सनराइज फर्ष्ट म्युचुअल फण्ड र कुमारी इक्विटी फण्डको इकाई मूल्य भने सामान्य प्रतिशतले बढेको छ ।
त्यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । हाइड्रोको सेयर मूल्य ७.१२ प्रतिशतले घटेर प्रतिकित्ता ९६६ रुपैयाँमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थाले एकाएक निक्षेपको व्याजदर बढाएसँगै त्यसको नकारात्मक प्रभाव सेयर बजारमा परेको हो । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको व्याजदर १० प्रतिशतले बढाएका हुन् ।
