५ दिनमै बाँडफाँड हुँदै जाल्पा सामुदायिक लघुवित्तको आईपीओ, पौने ४९ हजारले पाउने

<p>काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन बन्द भएको ५ दिनमै बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले गत माघ २५ गते निष्काशन बन्द गरेको आईपीओको बाँडफाँड फागुन १ गते आइतबार गर्न लागेको हो । क्यापिटलका चिफ अपरेटिङ अफिसर कृष्ण गिरीका अनुसार कम्पनीको आईपीओ बाँडफाँड आज साँझ ५ [&hellip;]</p>

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन बन्द भएको ५ दिनमै बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले गत माघ २५ गते निष्काशन बन्द गरेको आईपीओको बाँडफाँड फागुन १ गते आइतबार गर्न लागेको हो ।

क्यापिटलका चिफ अपरेटिङ अफिसर कृष्ण गिरीका अनुसार कम्पनीको आईपीओ बाँडफाँड आज साँझ ५ बजे काठमाडौंको बालुवाटारस्थित टाइम स्क्वायर रेष्टुरेन्टमा हुन लागेको हो ।

लघुवित्तले गत माघ २१ गतेदेखि माग २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको थियो । र, बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको थियो ।

उक्त आईपीओमा हालसम्मकै उच्च आवेदन परेको थियो । सीडीएस एण्ड क्लियरिङ्गका अनुसार संस्थाको सेयरमा ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २५ लाख २० हजार ५८० कित्ता सेयर माग गरेका हुन् । जुन सर्वसाधारणमा गरेको भन्दा ६६.६५ गुणा बढी हो ।

यससँगै मागभन्दा बढी आवेदन परेकोले क्यापिटलले गोलाप्रथाद्वारा न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्ने छ । यसअनुसार ४८ हजार ७ सय ९० जनाले मात्रै लघुवित्तको सेयर हात पार्नेछन् भने बाँकीको हात खाली हुने देखिएको छ ।

Share News