काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई बैंकको बोनस सेयर सूचीकृत भएको छ । आइतबार मात्रै एक वाणिज्य बैंक बैंक अफ काठमाण्डू र एक विकास बैंक लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये बैंक अफ काठमाण्डूको १० प्रतिशत अर्थात ९६ लाख ५८ हजार १७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, लुम्बिनी विकास बैंकको १३ प्रतिशत अर्थात ३७ लाख ७८ हजार ३८९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।