काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ ४८ हजार ७ सय ९० जनाले मात्रै पाएका छन् । उक्त आईपीओ रितपूर्वक आवेदन दिनेमध्ये सो मात्राको आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका हुन् ।
संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले सेयर बाँडफाँड गर्दै सो जानकारी गराएको हो ।
क्यापिटलका अनुसार संस्थाको आईपीओमा २७ लाख ९ हजार ८५५ जनाले ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए । त्यसमध्ये १ लाख १८ हजार १५३ जनाले दिएको २४ लाख ३० हजार ३० कित्ता आवेदन रिजेक्ट भएका छन् । साथै, ४ हजार २९० जनाले ५० हजार ६०० कित्ताको लागि दिएको आवेदन दुब्लिकेट परेको क्यापिटलले जनाएको छ । यससँगै, कूल १ लाख २२ हजार ४४३ जनाले दिएको आवेदन रद्द भएको छ ।
क्यापिटलका अनुसार२५ लाख ८७ हजार ४१२ जनाले कूल ३ करोड ६ लाख ६६ हजार १९० कित्ताको लागि दिएको आवेदन भने रितपूर्वक रहेका थिए । उक्त रितपूर्वक आवेदन दिने आवेदकमध्ये ४८ हजार ७ सय ९० जनाले १० कित्ताको दरले सेयर हात पारेका क्यापिटलले जानकारी गराएको छ ।
उक्त आईपीओको रिजल्ट प्रभ क्यापिटलको वेवसाइट, सिडिएससिको वेवसाइट आईपीओ रिजल्ड सिडिएससी, र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको वेवसाइटबाट हेर्न सकिने छ ।
लघुवित्तले गत माघ २१ गतेदेखि माग २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको थियो । र, बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको थियो ।