साढे ३ अर्बमा खुम्चियो सोमबारको सेयर कारोबार

<p>काठमाडौं । सोमबारकोे सेयर कारोबार करिब साढे ३ अर्ब रुपैयाँमा खुम्चिएको छ । आइतबारको ‘ट्रिपल डिजिट’ अर्थात तेहोरो अंकले घटेको बजार १००.६७ बिन्दुले घटेर २७००.८९ बिन्दुमा झरेको थियो । नेप्से परिसूचक नगण्य मात्र अर्थात ०.०८ अंकले बढेर २७००.९८ को विन्दुमा कायम भएको छ । सोमबार नेप्से शून्य प्रतिशत बढ्न पुगेको हो । आइतबार ५ अर्ब [&hellip;]</p>

काठमाडौं । सोमबारकोे सेयर कारोबार करिब साढे ३ अर्ब रुपैयाँमा खुम्चिएको छ । आइतबारको ‘ट्रिपल डिजिट’ अर्थात तेहोरो अंकले घटेको बजार १००.६७ बिन्दुले घटेर २७००.८९ बिन्दुमा झरेको थियो ।

नेप्से परिसूचक नगण्य मात्र अर्थात ०.०८ अंकले बढेर २७००.९८ को विन्दुमा कायम भएको छ । सोमबार नेप्से शून्य प्रतिशत बढ्न पुगेको हो ।
आइतबार ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा सोमबार ३ अर्ब ६८ करोडको मात्र कारोबार भएकोे छ ।

कारोबार घटेको बजारमा सोमबार जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, मोइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ ।

दुई सय २७ कम्पनीका ७५ लाख ४९ हजार कित्ता शेयर तीन अर्ब ६८ करोड ४० लाखमा किनबेच भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ५४ करोड ९१ लाख बराबरको शेयर किनबेच भयो ।

यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै चार प्रतिशतले घट्यो ।

Share News