सेयर बजारमा छायो हरियाली, १० प्रतिशतले बढ्यो न्यादी हाइड्रोको सेयर मूल्य

<p>काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । गत सातादेखि निरन्तर घटेर राताम्मे भएको बजारमा फागुन ३ गते भने हरियाली छाएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशतले बढी हो । परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । गत सातादेखि निरन्तर घटेर राताम्मे भएको बजारमा फागुन ३ गते भने हरियाली छाएको छ ।

बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशतले बढी हो ।

परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ६८ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार ३ अर्ब २३ करोडको सेयर किनबेच भएको छ । मंगलबार कारोबारमा आएका मध्ये हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै, बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ भने केहीको घटेको छ । कारोबारमा आएकामध्ये न्यादी हाइड्रो पावरको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८९.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४४.५० रुपैयाँले बढी हो ।

यता कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १८७.०३ अंकले बढेको छ ।

Share News