काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) मा ४ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । एकैदिन नेपाल इन्भेष्टमेन्ट बैंक र ३ वटा लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६११ प्रतिशत अर्थात २ करोड ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत अर्थात २० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
मंगलबार सूचीकृत भएका लघुवित्तमध्ये महिला लघुवित्त वित्तीय संस्थाको ४७.५ र सिभिल लघुवित्तको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएका हुन् । जसमा महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्तको ४ लाख ६० हजार ३० कित्ता बोनस सेयर दोश्रो बजारमा थपिएको हो ।
यससँगै, सूचीकृत सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।