नेप्से परिसूचक र कारोबार रकम दुबै घट्दा अपि पावरको सर्वाधिक किनबेच

<p>काठमाडौं । बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । मंगलबारको तुलनामा परिसूचक १९.८४ बिन्दले घटेको छ भने कारोबार रकम २१ करोड रुपैयाँले घटेको छ । कारोबार खुलेदेखि ओरालो लागेको परिसूचक अन्त्यमा ०.७२ प्रतिशतले घटेर २७३४.४४ बिन्दुमा झरेको छ । कारोबार रकम ३ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ । [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । मंगलबारको तुलनामा परिसूचक १९.८४ बिन्दले घटेको छ भने कारोबार रकम २१ करोड रुपैयाँले घटेको छ ।

कारोबार खुलेदेखि ओरालो लागेको परिसूचक अन्त्यमा ०.७२ प्रतिशतले घटेर २७३४.४४ बिन्दुमा झरेको छ ।

कारोबार रकम ३ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको बजारमा ३ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

दिनभर २३१ वटा स्क्रिप्सको कारोबार भएको बजारमा सबैभन्दा बढी अपि पावरको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन २१ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने ११ रुपैयाँले घटेर प्रतिकित्ता ५२३ रुपैयाँमा झरेको छ ।

बजारमा दुई समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा र अन्य समूह भने सामान्य अंकले बढेका हुन् । सबैभन्दा बढी घट्नेमा जीवन बीमा समूह रहेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था र ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको छ । गुराँस लघुवित्तको ३.४४ प्रतिशतले बढेर प्रतिकित्ता १३५५ रुपैयाँ पुगेको छ भने ज्योति लाइफको सेयर मूल्य प्रतिकित्ता ६४० रुपैयाँ पुगेको छ ।

बुधबार दुई कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको ५.६९ प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ५ प्रतिशतले घटेको हो । यससँगै यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ६४६ र ५७० रुपैयाँ पुगेको छ ।

Share News