तीन दिनमै बाँडफाँड भयो इमर्जिङ नेपालको आईपीओ, ८ जनाले पाए ११ कित्ता सेयर

<p>काठमाडौं । इमर्जिङ नेपालले जारी गरेको आईपीओ निष्काशन बन्द भएको तीन दिनमै बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्काशन खुला गरेको उक्त आईपीओ बाँडफाँड फागुन ४ गते नै गरेको हो । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ५१ हजार ६७० जनाले संस्थाको सेयर हात [&hellip;]</p>

काठमाडौं । इमर्जिङ नेपालले जारी गरेको आईपीओ निष्काशन बन्द भएको तीन दिनमै बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्काशन खुला गरेको उक्त आईपीओ बाँडफाँड फागुन ४ गते नै गरेको हो ।

क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ५१ हजार ६७० जनाले संस्थाको सेयर हात पारेका छन् । उनीहरुले १० १० कित्ताको दरले सेयर पाएका छन् । र, सोहीमध्ये ८ जनालाई थप १ १ कित्ता गरि बाँकी रहेको ८ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

उक्त आईपीओमा २३ लाख २८ हजार ७०६ जनाले रितपूर्वक आवेदन दिएका थिए भने २ हजार ५५२ जनाले दिएको आवेदन भने रद्द भएको क्यापिटले जनाएको छ ।

क्यापिटलले कार्निभल रेष्ट्रो एण्ड मिटिङमा आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले पाँच करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण सेयर कर्मचारीको लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो ।

उक्त आईपीओको रिजल्ट एनआईसी एशिया क्यापिटलको वेवसाइट र सिडिएससिको आईपीओ रिजल्ट को वेवसाइटबाट हेर्न सकिने छ ।

Share News