निफ्रासहित ३ बैंकको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेप्सेमा विभिन्न तीन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सिभिल बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये निफ्राको ८ प्रतिशत अर्थात १ करोड ६० लाख कित्ता बोनस सेयर रहेको छ । त्यस्तै, सिभिलको ५ प्रतिशत अर्थात ४३ लाख २१ हजार [&hellip;]</p>

काठमाडौं । नेप्सेमा विभिन्न तीन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सिभिल बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा थपिएको हो ।

जसमध्ये निफ्राको ८ प्रतिशत अर्थात १ करोड ६० लाख कित्ता बोनस सेयर रहेको छ । त्यस्तै, सिभिलको ५ प्रतिशत अर्थात ४३ लाख २१ हजार ८३० कित्ता र शाइन रेसुङ्गाको १०.९३ प्रतिशत अर्थात ३७ लाख २५ हजार ४५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर सूचीकृत भएसँगै अब सम्बन्धित बैंकको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुन्छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News