दैनिक घट्दै सेयर कारोबार, बिहीबार पुस यताकै न्यून

<p>काठमाडौं । पछिल्लो समय सेयर कारोबार निरन्तर रुपमा घटिरहेको छ । दिनमा २० अर्ब माथिको सेयर कारोबार भएको बजारमा हाल मुस्किलले ३/४ अर्बको सेयर कारोबार भइरहेको छ । बिहीबारको बजारमा त साढे २ अर्बको कारोबार पनि भएको छैन । सो दिन ४० लाख १७ हजार कित्ता सेयर २ अर्ब २७ करोड रुपैयाँमा किनबेच भएको छ [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सेयर कारोबार निरन्तर रुपमा घटिरहेको छ । दिनमा २० अर्ब माथिको सेयर कारोबार भएको बजारमा हाल मुस्किलले ३/४ अर्बको सेयर कारोबार भइरहेको छ ।

बिहीबारको बजारमा त साढे २ अर्बको कारोबार पनि भएको छैन । सो दिन ४० लाख १७ हजार कित्ता सेयर २ अर्ब २७ करोड रुपैयाँमा किनबेच भएको छ । उक्त कारोबार रकम गत पुस महिना यताकै न्यून कारोबार हो । गत पुस १ गतेको बजारमा २ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस यताको कारोबारमा सो मात्राको सेयर किनबेच भएको छैन ।

त्यस्तै, बजारमा जीवन विकास बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकैदिन २२ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक सामान्य १.९४ प्रतिशतले घटेर २७३२.५१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०७ प्रतिशतले घटी हो ।

बजारमा कुनैपनि कम्पनीको सर्किट लेभलमा कारोबार भएको छैन । तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता ६२५ रुपैयाँ पुगेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.०२ प्रतिशतले घटेर प्रतिकित्ता ६२० रुपैयाँ पुगेको छ ।

Share News