काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले बम्पर लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गरेको घोषणा गरेको हो ।
फागुन ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७० प्रतिशत बोनस र ३.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागिसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ छ । ७० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ ।