‘सेयर बजार बढोस् भन्ने चाहना सबैको छ, नियामकलाई नियामक जस्तै बनाउँछु’

<p>काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नियामकलाई नियामक जस्तै बनाएर देखाउने बताएका छन् । आइतबार बोर्डको अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै उनले यसअघि जे जस्ता घटनाहरु भएपनि अब आफु बोर्डलाई नियामक जस्तै बनाएर देखाउने प्रतिवद्धता गरे । अध्यक्ष हमालले आफु साना लगानीकर्ताको हकहितका लागि काम गर्नकै लागि बोर्डमा आएको बताए । आफ्नो मुख्य प्राथमिकता [&hellip;]</p>

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नियामकलाई नियामक जस्तै बनाएर देखाउने बताएका छन् । आइतबार बोर्डको अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै उनले यसअघि जे जस्ता घटनाहरु भएपनि अब आफु बोर्डलाई नियामक जस्तै बनाएर देखाउने प्रतिवद्धता गरे ।

अध्यक्ष हमालले आफु साना लगानीकर्ताको हकहितका लागि काम गर्नकै लागि बोर्डमा आएको बताए । आफ्नो मुख्य प्राथमिकता साना लगानीकर्ता हुने बताउँदै उनीहरुको हकहितका लागि काम गर्ने उनको भनाई छ ।

यस्तो छ उनको संक्षिप्त धारणाः

हामी सबैकोउद्देश्य एउटै छ । हामी सबैले स्वस्थ र पारदर्शी बजारका लागि अगाडि बढ्ने हो । सबै लगानीकर्ताको ‘कन्सर्न’ बजार बढोस् भन्नेछ । बजारमा पारदर्शी र र सबैलाई एकै किसिमको व्यवहार होस् भन्ने सबैको अपेक्षा छ । नियामक निकाय नियामक जस्तै होस् भन्ने अपेक्षा छ । साना लगानीकर्तालाई कसरी बचाउन सकिन्छ । कसरी अगाडि जान्ने भन्ने मेरो उद्देश्य हुनेछ । लगानी जोखिममा पर्न नदिनका लागि पनि काम गर्नु पर्नेछ ।

Share News