डेढ महिनापछि स्वीकृत भयो प्रोग्रेशिभ फाइनान्सको लाभांश

<p>काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको पुन प्रस्तावित ६.३१५८ प्रतिशत लाभांशलाई स्वीकृत दिएको हो । बैंकले फागुन ८ गते संस्थाको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गर्दै ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो । यससँगै [&hellip;]</p>

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको पुन प्रस्तावित ६.३१५८ प्रतिशत लाभांशलाई स्वीकृत दिएको हो ।

बैंकले फागुन ८ गते संस्थाको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गर्दै ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो ।

यससँगै अब संस्थाको वार्षिक साधारणसभाले उक्त लाभांशलाई पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ छ । ६ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ८४ करोड ८१ लाख रुपैयाँ नाघ्ने छ ।

संस्थाले करिब साढे एक महिना पछि बैंकको स्वीकृत पाएको छ । संस्थाले गत पुस २८ गते लाभांश परिमार्जन गर्दै ६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरि नेपाल राष्ट्र बैंकमा पेश गरेको थियो । त्यसअघि संस्थाले ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सम्बन्धित समाचार: २७ वर्षपछि लाभांश दिन लागेको प्रोग्रेशिभ फाइनान्समा लफडा, धितोपत्र बोर्ड भन्छः सेयरधनीलाई मारमा पार्दैनौं

Share News