राष्ट्र उत्थान लघुवित्तको आईपीओमा ३८ गुणा बढी आवेदन

<p>काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओमा ३८.३० गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार संस्थाले जारी गरेको उक्त आईपीओको अन्तिम दिनसम्ममा सो मात्राको आवेदन परेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले गत फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म संस्थाको सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । अन्तिम दिन [&hellip;]</p>

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओमा ३८.३० गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार संस्थाले जारी गरेको उक्त आईपीओको अन्तिम दिनसम्ममा सो मात्राको आवेदन परेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले गत फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म संस्थाको सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । अन्तिम दिन फागुन ८ गते अपरान्ह ५ बजेर २५ मिनेटसम्मको तथ्यांक अनुसार उक्त आईपीओमा ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता अर्थात ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परको सीडीएससीले जनाएको छ ।

लघुवित्तले सर्वसाधारणमा ७ लाख ९४ हजार ५०० कित्ता सेयर निष्काशन गरेको हो । उक्त आईपीओमा २६ लाख २६ हजार ९० जनाले आवेदन दिएका छन् ।

कम्पनीले कुल आठ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

हाल १७ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँड पश्चात २६ करोड रुपैयाँ पुग्नेछ ।

Share News