दोहोराे अंकले घट्यो नेप्से परिसूचक, ३ अर्बको कारोबार

<p>काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५ अंकले घटेर २ हजार ७ सय २०.४३ अंकमा झरेको हो । मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा कारोबार रोकिएको छ [&hellip;]</p>

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५ अंकले घटेर २ हजार ७ सय २०.४३ अंकमा झरेको हो ।

मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा कारोबार रोकिएको छ ।

बुधबार २२८ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै, दिब्यासोरी हाइड्रोपावर र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजिटिभ सर्किट नै लागेको छ । दुबै कम्पनीको सेयरमा खरिद चाप देखिंदा मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तैगरी, बजारमा प्रभु बैंक र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ३ प्रतिशतले घटेको छ । प्रभु बैंकको सेयर मूल्य ३९ दशमलब २० रुपैयाँले घटेर प्रतिकित्ता ९ सय ५० रुपैयाँमा झरेको हो । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य २५ दशमलब ९० रुपैयाँले घटेर प्रतिकित्ता ६ सय ८९ रुपैयाँमा झरेको हो ।

बुधबार १३ ओटा समूहमध्ये १२ ओटा उपसमूहहरु राताम्मे देखिएका छन् । जसमध्ये हाइड्राेपावरको सेयर मूल्य ३५ दशमलब ६६ रुपैयाँले बढेको हो ।

Share News