काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेकाे छ । बिहीबार नेप्से परिसूचक ५८.९९ अंक घटेको हो । नेप्से ५८.९९ अंकले घटेर २६६१.२४ अंक कायम भएकाे हाे ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज कुल ४ अर्ब २९ करोडको कारोबार भएको छ । बुधबार ३ अर्ब १३ करोडको कारोबार भएको थियो ।
बिहीबार १५८ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य भने बढेको छ । जसमा सबैभन्दा धेरै हिमालयन जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो । यस्तैगरी, युनिभर्सल पावर, न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
बजारमा नेश्नल हाइड्रो पावर कम्पनीको सेयर कारोबारमा वृद्धि भएको छ । आज २६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
बिहीबारको बजारमा युनिर्भल पाबर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ५ दशमलब ७० प्रतिशतले घटेर प्रतिकित्ता ३६४ रुपैयाँमा झरेको हो ।