कृषि विकाससहित तीन वाणिज्य बैंकको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । आइतबार एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कृषि विकास बैंकसहित तीन वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये कृषि विकास बैंकको २० प्रतिशत अर्थात २ करोड १९ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको १४.२५ प्रतिशत र प्राइम कमर्शियल [&hellip;]</p>

काठमाडौं । आइतबार एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कृषि विकास बैंकसहित तीन वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये कृषि विकास बैंकको २० प्रतिशत अर्थात २ करोड १९ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकको १४.२५ प्रतिशत र प्राइम कमर्शियल बैंकको १६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । जसमा सिद्धार्थको १ करोड ५६ लाख २१ हजार २७६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । यता प्राइम कमर्शियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

यससँगै यी तीन वटै बैंकको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News