काठमाडौं । नेष्ठो समृद्ध लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा आवेदन दिने म्याद सकिएको छ । गत फागुन ११ गतेदेखि आवेदन खुला गरिएको उक्त कम्पनीको आईपीओ बिक्री फागुन १५ गते बन्द भएको हो ।
उक्त आईपीओमा करिब साढे २५ लाख जना सर्वसाधारणले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अन्तिम दिन साझसम्ममा कूल २५ लाख ४८ हजार ३२५ जनाले २ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ बराबरको आवेदन दिएका हुन् । उनीहरुले कूल २ करोड ९१ लाख ४३ हजार ३०० कित्ता सेयर माग गरेका छन् ।
जुन कम्पनीले माग गरेको तुलनामा ३७.६२ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ७ लाख ७४ हजार ५६३ कित्ता सेयर माग गरेको थियो ।