काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४३ अंक घटेर बन्द भएको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० बिन्दुमा झरेको हो । आइतबार ७ अंकले बढेको सेयर बजार आजको कारोबारमा उल्लेख्य रुपमा घटेको हो ।
सोमबार नेप्से परसूचक घटेतापनि कारोबार रकम रकम ३८ करोड ७१ लाख रुपैयाँले बढेको छ । आइतबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ३ अर्ब ६६ करोड रुपैयाँमा सीमित भयो ।
सोमबार सबैभन्दा बढी अपि पावर कम्पनीको कारोबार भएको छ । सो कम्पनीको एकैदिन १६ करोड ९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ४९८.९० रुपैयाँ पुगेको छ । यस्तै, अाज जीवन बिमा कम्पनीको २९५.५० अंकले घटेको छ । कारोबारमा आएका १९१ कम्पनीहरुको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको सेयर मूल्य घटेको छ ।
सोमबार टप गेनरमा एन आइसी एसिया डिबेन्चर, सनराइज ब्लुचीप फण्ड, लक्ष्मी इक्युटी फण्ड तारागाँउ रिजेन्सी होटेल, सानिमा जेनरल इन्सोरेन्स लगायतका कम्पनी रहेका छन् ।
बजारमा सबैभन्दा बढी तेह्थुम कम्पनी पावर लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूलय ७८.८० रुपैयाँले घटेर प्रतिकित्ता ७०९.२० मा झरेको हो । यस्तैे, आज सर्वाधिक गुमाउनेमा सामलिङ पावर कम्पनी , दिव्यस्वोरी हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत परियोजना, न्यादी हाइड्रो पावर कम्पनी लगायतका छन् ।
समूहगत उपपरिसूचकतर्फ आज सबैभन्दा धेरै जलविद्युत क्षेत्रको सेयर मूल्य घटेको छ । आज जलविद्युत समूह ३.०९ प्रतिशतले घटेको छ ।