लगानीकर्ता साक्षर नहुँदा सेयर बजार स्वभाविक भएनः अध्यक्ष हमाल

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले लगानीकर्ता साक्षर नहुँदा सेयरबजारमा उतारचढाव आउने गरेको बताएका छन् । बुधबार अर्थ मन्त्री जनार्दन शर्माले मन्त्रालयमा बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन । ‘सेयर लगानीकर्तामा साक्षरता कमी देखियो, साक्षरता र अनुभवमा कमी हुँदा बजार बढ्न नपर्ने समयमा [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले लगानीकर्ता साक्षर नहुँदा सेयरबजारमा उतारचढाव आउने गरेको बताएका छन् ।

बुधबार अर्थ मन्त्री जनार्दन शर्माले मन्त्रालयमा बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन ।

‘सेयर लगानीकर्तामा साक्षरता कमी देखियो, साक्षरता र अनुभवमा कमी हुँदा बजार बढ्न नपर्ने समयमा पनि बढ्यो’, उनले भने ।
यस्तै उनले कमोडिटी बजार चलाउनका लागि वयर हाउस, ब्रोकर र सेटलमेन्ट नियमावली बनाउन बाँकी रहेको बताए ।

Share News