७७ हजार बढीले पाए नेष्डो समृद्ध लघुवित्तको आईपीओ, नतिजा ३० मिनेटमै हेर्न सकिने

<p>काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबार बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन २४ गते संस्थाको आईपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ७७ हजार ४५६ जनाले मात्रै संस्थाको सेयर हात पारेका छन् । उनीहरुले गोलाप्रथाबाट १०/१० कित्ताको दरले सेयर हात पारेका हुन् [&hellip;]</p>

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबार बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन २४ गते संस्थाको आईपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ७७ हजार ४५६ जनाले मात्रै संस्थाको सेयर हात पारेका छन् । उनीहरुले गोलाप्रथाबाट १०/१० कित्ताको दरले सेयर हात पारेका हुन् । सोहीमध्ये २० कित्तासम्म आवेदन दिनेमध्ये ३ जनालाई थप १/१ कित्ता गरि कूल ३ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

उक्त आईपीओमा २६ लाखभन्दा बढीले आवेदन दिएका थिए । जसमध्ये २५ लाख २२ हजार ९५५ जनाको आवेदन मात्रै रितपूर्वक आवेदन दिएका थिए भने ४ हजार १४६ जनाले दिएको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।

यससँगै, उक्त आईपीओको नतिजा अर्थात रिजल्ट केहीबेरमै हेर्न सकिने छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार क्यापिटलले आईपीओ बाँडफाँड गरेको ३० मिनेटको अवधिमै लगानीकर्ताले मेरो सेयरको वेवसाइटबाट आईपीओको नतिजा हेर्न सक्ने छन् । सो अनुसार सिडिएससीले व्यवस्था मिलाएको उनले बताए । यससँगै सर्वसाधारणले  सिडिएससीको आईपीओ रिजल्ट र संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेवसाइटबाट आफ्नो नतिजा हेर्न सक्ने छन् ।

संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गरेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयरमा सर्वसाधारणमा जारी गरेको थियो ।

Share News