५२ अंकले बढ्यो सेयर बजार, कारोबार रकम बढेन

<p>काठमाडौं । निरन्तर रुपमा घटेको सेयर बजारमा साताको अन्तिम दिन बिहीबार उछाल आएको छ । लगानीकर्ताको आकर्षण थपिदा सेयर बजार मापक नेप्से परिसुचक ५२ अंकले बढेको । बजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसुचक ५२.२१ अंकले बढेर २५५६.७९ अंकमा आइपुगेको छ । परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा २.०८ प्रतिशतले सुधार आएको हो [&hellip;]</p>

काठमाडौं । निरन्तर रुपमा घटेको सेयर बजारमा साताको अन्तिम दिन बिहीबार उछाल आएको छ । लगानीकर्ताको आकर्षण थपिदा सेयर बजार मापक नेप्से परिसुचक ५२ अंकले बढेको ।

बजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसुचक ५२.२१ अंकले बढेर २५५६.७९ अंकमा आइपुगेको छ । परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा २.०८ प्रतिशतले सुधार आएको हो ।

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेतापनि अघिल्लो दिनको तुलनामा कारोबार रकम न्यून रहेको छ । आज २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५६ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक दोहोरो अंकले बढ्दा कारोबारमा आएका १३ मध्ये १२ समूहमा सुधार आएको छ । आज जीवन बीमा समूहको सूचक ३७१, निर्जीवन बीमा समूहको सेयर मूल्य २४८, विकास बैंक समूह २०२ र जलविद्युत समूह १२३ अंकले बढेको छ ।

Share News