जाल्पा सामुदायिक लघुवित्त नेप्सेमा सूचिकृत

<p>काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नेप्सेमा सुचिकृत भएको छ । शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि शुक्रबार जाल्पा सामुदायिक लघुवित्त र नेप्सेबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्तको तर्फबाट वीर बहादुर अधिकारी र नेपाल स्टक एक्सचेन्जको तर्फबाट कृष्ण बहादुर कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । लघुवित्तले २०७८ [&hellip;]</p>

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नेप्सेमा सुचिकृत भएको छ । शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि शुक्रबार जाल्पा सामुदायिक लघुवित्त र नेप्सेबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्तको तर्फबाट वीर बहादुर अधिकारी र नेपाल स्टक एक्सचेन्जको तर्फबाट कृष्ण बहादुर कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

लघुवित्तले २०७८ माघ २१ देखि २५ गतेसम्म निष्काशन गरेको आइपिओको बाँडफाँड फागुन १ गते सम्पन्न गरी आइपीओमा सेयर पाउने शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा भइसकेको छ । निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटलले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो ।

Share News