घट्यो साल्ट ट्रेडिङ्गको लाभांश, कति दिने भयो बोनस ?

<p>काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन नेपालले सेयरधनीहरुलाई १०.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो वर्षकोभन्दा आधा कम लाभांश प्रस्ताव गरेको हाे । कम्पनीले सेयरधनीहरुलाई गत वर्षको नाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसअघि कम्पनीले आव २०७६/७७ को नाफाबाट २५ प्रतिशत लाभांश [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन नेपालले सेयरधनीहरुलाई १०.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो वर्षकोभन्दा आधा कम लाभांश प्रस्ताव गरेको हाे ।

कम्पनीले सेयरधनीहरुलाई गत वर्षको नाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसअघि कम्पनीले आव २०७६/७७ को नाफाबाट २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

 

Share News