टीएमएस नचलेपछि नेप्सेका सीईओसहित प्राविधिक टीम छलफलमा, कोरोबारकाे समय थपिन्छ ?

<p>काठमाडौं । सोमबार दिनभर ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएपछि नेपाल स्टक एक्सचेञ्जको टीम छलफलमा बसेको छ । लगानीकर्ताले टीएमएसमार्फत सेयर खदिबिक्री गर्न नपाएपछि उनीहरु यसको प्राविधिक विषयमा छलफलमा बसेका हुन् । टीएमएसमा समस्या आउँदा लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएका छैनन् । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार १४ वटा ब्रोकरको डेटा सेन्टरमा समस्या देखिएपछि [&hellip;]</p>

काठमाडौं । सोमबार दिनभर ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएपछि नेपाल स्टक एक्सचेञ्जको टीम छलफलमा बसेको छ । लगानीकर्ताले टीएमएसमार्फत सेयर खदिबिक्री गर्न नपाएपछि उनीहरु यसको प्राविधिक विषयमा छलफलमा बसेका हुन् ।
टीएमएसमा समस्या आउँदा लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएका छैनन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार १४ वटा ब्रोकरको डेटा सेन्टरमा समस्या देखिएपछि टिएमएस नचलेको हाे ।

‘ब्रोकरहरुको डाटा सेन्टरमा समस्या हो, टीएमएसमा होइन, १४ वटा ब्रोकरले डेटा सेन्टरमा रजिष्टर नगरेपछि यो समस्या भएको रहेछ, अब उनीहरु रिइस्टार्ट गर्दै हुनुहुन्छ, त्यसपछि समस्या समाधान हुनेछ, यस विषयमा नेप्सेका सीईओज्यूसहित प्राविधिक टिम छलफलमा हुनुहुन्छ,’ पराजुलीले भने ।

लगानीकर्ताले सेयर खरिदबिक्री गर्न नपाएपछि समय थप विषयमा पनि छलफल भइरहेको छ । यद्यपि कति समय थप्ने वा नथप्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि कारोबार रोक्का गरेको छ । नेप्सेले ब्रोकर डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरेको जनाएको हो ।

ब्रोकरको डाटा सेन्टरमा देखिएको समस्या समधान भएपछि पुनः कारोबार सुरु हुने नेप्सेमा जनाएको छ ।

Share News