लाभांश प्रस्ताव गरेकै दिन उच्च अंकले घट्यो एनटीसीको सेयर मूल्य

<p>काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेकै दिन सेयर मूल्य उच्च रुपमा घटेको छ । कम्पनीले इतिहासमै पहिलो पटक सेयर लाभांश प्रस्ताव गरेकै दिन सेयर मूल्यमा भारी गिरावट आएको हो । इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेकै दिन सेयर मूल्य उच्च रुपमा घटेको छ । कम्पनीले इतिहासमै पहिलो पटक सेयर लाभांश प्रस्ताव गरेकै दिन सेयर मूल्यमा भारी गिरावट आएको हो ।

इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ । कम्पनीको सेयर मूल्य घटेर १६२६ रुपैयाँमा आएको छ ।

मंगलबार टेलिकमको २ लाख ३ हजार कित्ता सेयर कारोबार हुँदा ३४ करोड २३ लाख रुपैयाँको किनबेच भएको छ । सेयर लाभांशको सूचना चुहाएर टेलिकममा ठूला लगानीकर्ताले सेयर मूल्य बढाएको र लाभांश घोषणापछि बिक्री गर्न थालेपछि सेयर मूल्य घटेको आंशका गरिएको छ ।

कम्पनीको सूचना चुहाएर एकवर्ष यताकै महँगो मूल्य १७९९ सम्म सेयर मूल्य पुगेको थियो । टेलिकमको ९७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो ।

टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई २० प्रतिशत सेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

Share News