काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले आगामी चैत १९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । सूर्योदय लघुवित्तलाई गाभेको वोमी लघुवित्तले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट सो दिनदेखि कारोबार शुरु गर्ने निर्णय गरेको हो ।
संस्थाले चैत २ गते एक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
गत पुस १६ गते सम्पन्न दुबै संस्थाको साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्तावलाई पारित गरेका थिए । यससँगै, मर्जर पश्चात सूर्योदय वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको साँगामा हुने छ ।