नेशनल हाइड्रोको स्थगित सभा चैत ११ गते हुने, यस्ता छन् विशेष प्रस्ताव

<p>काठमाडौं । नेशनल हाइड्रोपावर पावर कम्पनीले पुन चैत ११ गते वार्षिक साधारण सभा डाकेको छ । यसअघि डाकिएको सभा स्थगित भएसँगै कम्पनीले सो दिन आफ्नो २५औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले यसअघि फागुन ३० गते उक्त सभा आव्हान गरेको थियो । तर, सेयरधनीहरुको गणपुरक संख्या नपुगेकोले कम्पनीले उक्त सभा स्थगित गरेको थियो । [&hellip;]</p>

काठमाडौं । नेशनल हाइड्रोपावर पावर कम्पनीले पुन चैत ११ गते वार्षिक साधारण सभा डाकेको छ । यसअघि डाकिएको सभा स्थगित भएसँगै कम्पनीले सो दिन आफ्नो २५औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले यसअघि फागुन ३० गते उक्त सभा आव्हान गरेको थियो । तर, सेयरधनीहरुको गणपुरक संख्या नपुगेकोले कम्पनीले उक्त सभा स्थगित गरेको थियो ।

यससँगै अब संस्थाले चैत ११ गते काठमाडौंको बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा दिउँसो १ बजे सभा गर्न लागेको हो । सभाले लाभांश र हकप्रद सेयरसहित सुनकोशि हाइड्रो पावर कम्पनीलाई प्राप्ती गर्ने लगायतको विशेष सभाधारणसभा लाई पारित गर्दै छ ।

नेशनल हाइड्रोले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९.५ प्रतिशत लाभांश (१८.५२५ प्रतिशत बोनस र ०.९७५ प्रतिशत नगद लाभांशसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, बोनस सेयर पछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्नको लागि पनि सभाको स्वीकृति मागेको छ ।

कम्पनीले १ बराबर ०.२५ अनुपातमा सेयर प्रदान गर्ने गरी सुनकोशीलाई एक्वायर गर्न सभाको स्वीकृति मागेको छ । त्यसैगरी, सभाले सञ्चालक समितिमा ७ जना सञ्चालक निर्वाचन गर्ने साधारण प्रस्तावलाई पारित गर्दै छ ।

उक्त सभामा जान कम्पनीले गत फागुन १३ गते एकदिन सेयर कारोबार बन्द गरेको थियो । जसका कारण फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।

Share News