काठमाडौं । प्रभु इन्स्योरेन्सले आगामी चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा आफ्नो २६औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।
सभाले सञ्चालक समितिको ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले चैत १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै चैत १६ गतेसम्म कम्पनीको सेयर होल्ड गर्ने तथा खरिद गर्नेले उक्त लाभांश पाउनेछन् ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ छ । ११ प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ नाघ्ने छ ।