२५ वाणिज्य बैंकसहित ३६ वटा कम्पनी नेप्सेको ‘ए’ श्रेणीमा, कुन कम्पनी कुन श्रेणीमा ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ । सूचिकृत कम्पनीहरु मार्फत प्राप्त विवरणका आधारमा नेप्सेले सो कम्पनीहरुको वर्गीकरण गरेको बताएको हो । जसमध्ये ए श्रेणीमा २६ वटा मात्रै कम्पनी परेका छन् । ए श्रेणीमा परेका अधिकांश कम्पनीहरु वाणिज्य बैंक रहेका छटन् । ए श्रेणीमा २५ वटा वाणिज्य बैंक, चार वटा [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ । सूचिकृत कम्पनीहरु मार्फत प्राप्त विवरणका आधारमा नेप्सेले सो कम्पनीहरुको वर्गीकरण गरेको बताएको हो ।

जसमध्ये ए श्रेणीमा २६ वटा मात्रै कम्पनी परेका छन् । ए श्रेणीमा परेका अधिकांश कम्पनीहरु वाणिज्य बैंक रहेका छटन् । ए श्रेणीमा २५ वटा वाणिज्य बैंक, चार वटा विकास बैंक, २ वटा वित्त कम्पनी, १ लघुवित्त, तीन वटा जलविद्युत कम्पनी र एउटा उत्पादन तथा प्रशोधन कम्पनी रहेका छन् ।

नेप्सेले सूचिकृत संगठित संस्थाहरुलाई ‘ए’, ‘बी’, ‘जि’ र ‘जेड’ गरी चारवटा समूहमा वर्गीकरण गरेको छ । नेप्सेले ‘बी’ समूहमा ९ वटा कम्पनीलाई राखेको छ । बी समूहमा २ वटा फाइनान्स कम्पनी, ४ वटा लघुवित्त संस्था, २ वटा हाइड्रोपावर कम्पनी र १ लगानी कम्पनी परेको छ ।

माघ ८ गतेदेखि फागुन २३ गतेसम्म सूचीकृत कम्पनीहरुसँग वर्गीकरणका लागि आवश्यक विवरण माग गरेकोमा कम्पनीहरुबाट प्राप्त विवरणकै आधारमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेको विज्ञप्तिमा उल्लेख छ ।

नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन आग्रह गरेको छ ।

[pdf id=319620]

Share News