छायाँदेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने

<p>काठमाडौं । छायाँदेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्न उक्त कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौता पत्रमा छायाँदेवीको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । छायाँदेवीले हाल काठमाडौंको ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको [&hellip;]</p>

काठमाडौं । छायाँदेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्न उक्त कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौता पत्रमा छायाँदेवीको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

छायाँदेवीले हाल काठमाडौंको ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्पलेक्सको करीब तीन लाख ५० हजार वर्गफिटभन्दा बढी निर्माण क्षेत्र रहेको छ ।

कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

Share News