
काठमाडौं । आज नेप्से परिसूचक १७.९९ अङ्कले बढेर दुई हजार ६३४ दशमलव ५७ विन्दुमा पुगेको छ ।
आज होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढ्दा विकास बैंक, बीमा, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज २३१ कम्पनीको ५१ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । आज दुई अब ५९ करोड २७ लाखको कारोबार भएको छ ।
२० करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित आज नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र जीवन विकास लघुवित्त परेका छन् ।
आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनटीसीको शेयर झन्डै तीन प्रतिशतले घटेको छ ।