ग्रीन भेन्चर्सको आईपीओ खुला

<p>काठमाडौं । ग्रिन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक [&hellip;]</p>

काठमाडौं । ग्रिन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले यही चैत ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत १२ अर्ब आठ करोड हुने जनाएको छ ।

कम्पनीको अधिकृत पुँजी पाँच अर्ब र हालको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्तापुँजी दुई अर्ब ५० करोड छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी बीबी ग्रेडिङ प्रदान गरेको छ ।

Share News