सबै पालिकाको प्रगति प्रतिवेदन वैशाखभित्र सार्वजनिक हुने

<p>काठमाडौं । आगामी वैशाखभित्र गाउँपालिकाका जनप्रतिनिधिले गरेका कामको विवरण सार्वजानिक गर्ने गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन् । अध्यक्ष श्रेष्ठले संघीय संरचनामा तहगत योजना तर्जुमा, कार्यान्वयन र प्रतिवेदनका विषयमा आज भएको पत्रकार सम्मेलनमा सबै गाउँपालिकाको समग्र प्रगति प्रतिवेदन सार्वजनिक गर्ने दाबी गरेका हुन् । गाउँपालिका महासंघले गाउँपालिकाभित्र भए/गरेको कामको तथ्यांक संकलन गरिरहेको [&hellip;]</p>

काठमाडौं । आगामी वैशाखभित्र गाउँपालिकाका जनप्रतिनिधिले गरेका कामको विवरण सार्वजानिक गर्ने गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन् ।

अध्यक्ष श्रेष्ठले संघीय संरचनामा तहगत योजना तर्जुमा, कार्यान्वयन र प्रतिवेदनका विषयमा आज भएको पत्रकार सम्मेलनमा सबै गाउँपालिकाको समग्र प्रगति प्रतिवेदन सार्वजनिक गर्ने दाबी गरेका हुन् । गाउँपालिका महासंघले गाउँपालिकाभित्र भए/गरेको कामको तथ्यांक संकलन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए ।

‘गाउँपालिकाहरूले यो समय अवधिभित्र कति वटा वडा भवनको निर्माण गरे, कति किलोमिटर सडक विस्तार र स्तरोन्नति गरे, पालिकाले के-के काम गर्न सफल भएका छन् भन्ने विषयको तथ्याङ्क संकलन गर्दैछौं,’ उनले भने ।

दीर्घकालिन विकास रणनीतिअन्तर्गत राष्ट्रिय योजना आयोगले महत्त्वकाङक्षि लक्ष्य राख्ने गर्छ, तर उक्त लक्ष्यअन्तर्गत कुन तहले के काम गर्ने भन्ने बारेमा समन्वय पर्याप्त हुन नसकेको श्रेष्ठले बताएका छन् । समन्वय हुन नसकेको कारणले स्थानीय तहले आफ्नो योजनामा नै केन्द्रित हुने गरेका छन् ।

Share News