अपि पावरको हकप्रदमा चैत २५ गतेदेखि आवेदन दिन पाइने

<p>काठमाडौं । अपि पावर कम्पनीले चैत २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । ३९.३६ प्रतिशत हकप्रद अनुसार कम्पनीले एक सय रुपैयाँ [&hellip;]</p>

काठमाडौं । अपि पावर कम्पनीले चैत २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । ३९.३६ प्रतिशत हकप्रद अनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ करोड ८ लाख कित्ता सेयर हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले चैत २५ गतेदेखि बैंशाख १५ गतेसम्म हकप्रद बिक्री खुला गर्ने छ । जसको लागि कम्पनीले चैत १४ गते बुक क्लोज गर्दै छ । यससँगै चैत १३ गतेसम्म कायम सेयरधनीहरुले उक्त हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्रीको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । यससँगै योग्य तथा इच्छुक सेयरधनीले मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा-नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालयबाट उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । साथै, ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयर मार्फत तोकिएको मितिसम्म आवेदन दिन पाउनेछन् ।

हाल २ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ३ अर्ब ८४ करोड रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, उक्त हकप्रद सेयर जारी गर्न कम्पनीलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनी वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्द छ।

Share News