काठमाडौं । नेपाल फाइनान्स मर्ज तथा एक्विजिशनको प्रक्रियामा जान इच्छुक देखिएको छ । संस्थाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा अन्य संस्थालाई प्राप्ति गर्नको लागी सभाको अख्तियारी मागेको हो ।
संस्थाले आगामी बैशाख ३ गते आफ्नो २९औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा हुने छ ।
संस्थाले उक्त सभामा मर्ज तथा एक्विजिशनको अख्तियारी सम्बन्धी विशेष प्रस्तावसँगै विभिन्न सामान्य प्रस्ताव लैजाँदै छ । सामान्य प्रस्ताव अन्तर्गत संस्थाले संस्थाको सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट १ जनालाई निर्वाचन गर्ने रहेको छ ।
उक्त सभामा जान संस्थाले आगामी चैत १७ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै चैत १६ गतेसम्म कायम सेयरधनीहरु उक्त सभामा भाग लिन पाउने छन् ।