काठमाडौं । बिहीबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
जसमध्ये एनटीसीको २० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२२०.८३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तिको ७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३ हजार रुपैयाँ कायम भएको छ ।
यससँगै आइतबारको बजारमा यी दुई कम्पनीको पहिलो सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर हुने छ ।