काठमाडौं । विभिन्न दुई कम्पनीले ३८ करोड रुपैयाँ बढीको आईपीओ जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले सीवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावरलाई कूल ३८ करोड २५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति दिएको हो ।
जसमध्ये सीवाईसीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर जारी गर्न स्वीकृति पाएको हो । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
त्यस्तै, हाइड्रो पावर समूह अन्तर्गतको रिभर फल्स पावरले ३४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने छ । कम्पनीले स्थानिय र सर्वसाधारणलाई अंकित मूल्य एक सय दरका ३४ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्न बोर्डको अनुमति पाएको हो । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ ।