काठमाडौं । लुप नेटवर्क्सले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले चार करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका चार लाख कित्ता आईपीओ जारी गर्नेछ ।
कम्पनीको यो आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ ।
एनआईसी क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत लुप नेटवर्कसको आईपीओ जारी हुन लागेको हो । यो सेवाअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीहरुलाई आईपीओ जारी गर्ने चरणसम्म पुग्न आवश्यक सम्पूर्ण परामर्श दिँदै आएको छ ।