काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट (एनआरएन) र मञ्जुश्री फाइनान्सको कूल ४४ लाख ४४ हजार ०६१ कित्ता बोनस सेयर सूूचीकृत भएको हो ।
जसमध्ये एनआरएनको ५ लाख ८२ हजार ४८२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । जुन चुक्ता पुँजीको ५ प्रतिशत हो ।
त्यस्तै, मञ्जुश्री फाइनान्सको ४० प्रतिशत अर्थात ३८ लाख ६१ हजार ५७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
उक्त सूचीकृत सेयर सम्बन्धित कम्पनीको सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।