कारोबार खुल्दा बीमामा देखिएको चमक दिनभर पनि टिकेन, निर्जीवन बाहेक सबै समूह राताम्मे

<p>काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.५९ प्रतिशतले घटी हो । सो दिन कारोबार खुल्ना साथ परिसूचक पनि बढेको थियो । बीमा समूहहरुमा एकाएक चमक देखिएसँगै परिसूचकमा केही टेवा पुगेको थियो । र, ६ [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.५९ प्रतिशतले घटी हो ।

सो दिन कारोबार खुल्ना साथ परिसूचक पनि बढेको थियो । बीमा समूहहरुमा एकाएक चमक देखिएसँगै परिसूचकमा केही टेवा पुगेको थियो । र, ६ मिनेटमै परिसूचक बढेर २६४१.५८ बिन्दुमा पुगेको थियो । तर त्यसपछिको कारोबारमा भने उक्त सुधारले गति लिन सकेन र बजार निरन्तर रुपमा ओरालो लागेको हो ।

परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बजारमा एकैदिन ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत बिहीबारको तुलनामा आइतबारको कारोबार रकम १ अर्ब ७४ करोड रुपैयाँले बढेको हो । गत बिहीबार ३ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

समितिको पुँजी वृद्धिको निर्देशनपछि खुलेको पहिलो कारोबारमा बीमा समूहमा पनि एकाएक सुधार देखिएको थियो । जुन दिनभर पनि टिक्न सकेन । अन्त्यमा निर्जीवन बीमा समूह १३३.३५ अंकले उकालो लागेको छ भने जीवन बीमा समूह ९८.६१ अंकले घटेको छ ।

ओरालो लागेको बजारमा दुई बीमा कम्पनीसहित ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको १०, इमर्जिङ्ग नेपालको ९.९९ र राष्ट्रिय उत्थान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । त्यस्तै, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः ९.६७ र ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ६५८ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको १० कम्पनीमा अपि पावर बाहेक बाँकी सबै बीमा कम्पनीहरु रहेका छन् । अपि पावरको सबैभन्दा बढी अर्थात २७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४६६.९० रुपैयाँ छ । कम्पनीको हकप्रदको सेयर सुरक्षित गर्ने आज अन्तिम दिनभएसँगै कम्पनीको कारोबार रकम बढेको हो ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा गुराँस लाइफ इन्स्योरेन्स छ । कम्पनीको एकैदिन १७ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एभरेष्ट, सूर्या लाइफ, प्रभु इन्स्योरेन्स (संस्थापक सेयर), लाइफ इन्स्योरेन्स कर्पोरेशन, यूनियन लाइफ, सिद्धार्थ, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

Share News