टक्सार हाइड्रोपावरले शेयर निष्काशन गर्ने

<p>काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले शेयर निष्काशन गर्ने भएको छ । टक्सार पिखुवाखोला हाइड्रोपावरले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ [&hellip;]</p>

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले शेयर निष्काशन गर्ने भएको छ । टक्सार पिखुवाखोला हाइड्रोपावरले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने ४७ करोड ५२ लाख रकम बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७८ साल वैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन सुरु भइसकेको छ ।

Share News