विन नेपाल लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश

<p>काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । चैत १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश [&hellip;]</p>

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

चैत १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ ।

उक्त लाभांश गत वर्षमा कायम रहेका नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीहरु तथा विन लघुवित्तसँग गाभ्ने गाभिने काम भई एकीकृत कारोबार पश्चात सेयर कारोबारबाट थप हुन आएका सर्वसाधारण सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ६ करोड १५ लाख रुपैयाँ छ । ११ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी ६ करोड ८२ लाख रुपैयाँ पुग्ने छ ।

Share News